२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सुशासन छैन भन्दा पनि हुन्छः डा. शेखर कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनु भयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनु भयो । उहाँले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताउनु भयो । नेता कोईरालाले ज्नतासँग जोडिन कन्जुस्याईं गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गर्नुभयो ।

नेता कोईरालाले भन्नुभयो, ‘हामी राजनीति त गर्छौं तर जनतासँग धेरै टाढा भइसकेका छौँ । जनतासँग नजोडिकन हामी राजनीति गर्न थाल्यौं भने राजनीतिज्ञ त हौंला, भइन्छ तर वास्तवमा जनताले त्यसको फाइदा राजनीतिज्ञसँगबाट लिन पाउँदैनन् । त्यसकारण हामी जो राजनीति गर्छौं, जनतासँग जोडिन अत्यन्त जरुरी छ । राजनीति गर्ने व्यक्तिहरुमा र जो प्रजातन्त्रवादी हुन्छ, त्यसमा नैतिकता भएन भने फेरि राजनीति नगरे हुन्छ । नैतिकताको धेरै अंश राजनीति गर्ने व्यक्तिहरुमा हुनैपर्छ । सहकारी क्षेत्रबाट देशलाई फाइदा हुने काम गर्नुपर्छ । अहिले हामी अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेका छौँ । राज्यलाई कसरी जोगाउने भन्ने बारेमा सबैभन्दा पहिला सोचौं । राष्ट्र रहेमात्र हामी अघि बढ्ने हो । यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहीँको रहँदैनौँ । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ । श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशान छँदै छैन भनेपनि हुन्छ ।’

नेता कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताउनु भयो । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने बताउनु भयो ।