१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

निर्वाचनमा महिलाको सहभागिता बढाउन राजनीतिक दलहरुलाई सभामुख सापकोटाको आग्रह

निर्वाचनमा महिलाको सहभागिता बढाउन राजनीतिक दलहरुलाई सभामुख सापकोटाको आग्रह
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।

शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको बढिभन्दा बढि सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ । बिहीबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिले मतदाताहरुमा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनहरुमा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीतर्फ महिलाहरुको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिनुपर्ने बताउनु भयो । सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘आगामी संघको र प्रदेशसभाको निर्वाचनमा दलहरुले महिलाहरुलाई बढिभन्दा बढि प्रतिनिधित्व गराउन जोड गर्नुपर्दछ । यो राष्ट्रका लागि, लोकतन्त्रका लागि र यो बहुआयामिक विकासका लागि पनि महत्वपूर्ण कुरा हो । यो काम पार्टीले नै गर्नुपर्छ । व्यक्ति होइन, पार्टीले जोडबल गर्नुपर्छ महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि । दलगत मतदानमा अहिले जुन अरुचि देखा परेको छ नि । यो हाम्रो व्यवस्थाका लागि समस्या हो । यो समस्या हल गर्नका लागि धेरै कुराहरु छन । तर, सबभन्दा महत्वपूर्ण कुरा चाँही आधा आकाश धानेका महिलाहरुलाई समानुपातिकमा मात्र नभई प्रत्यक्ष निर्वाचनमा पनि सहभागी गराउनु पर्दछ । यसो भयो भने हाम्रो व्यवस्था बलियो हुँदै जान्छ । लोकतन्त्र बलियो हुँदै जान्छ ।’

त्यस अवसरमा सभामुख सापकोटाले जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिहरुलाई सचेत गराउनु भयो । हामी जनप्रतिनिधिहरुको जीवनस्तरमा परिवर्तन आएपनि जनताको जीवनमा खासै परिवर्तन नआएकाले उनीहरुले गरेको हरेक प्रश्नको जवाफ जनप्रतिनिधिहरुले दिनुपर्ने उहाँले बताउनु भयो । सभामुख सापकोटाले भन्नु भयो, ‘हामी जनप्रतिनिधिहरुले जनताप्रति उत्तरदायी हुनैपर्छ । जनताको एक÷एक प्रश्नको उत्तर हामीले दिनैपर्छ । जनताप्रति जवाफदेही हुने र उनीहरुको विश्वास लिएर मात्रै अघि बढन सकिन्छ ।’

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो । समाजमा विद्यमान महिलाहरुलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उहाँले स्पष्ट पार्नु भयो । उपसभामुख भुसालले भन्नु भयो, ‘समानुपातिक निर्वाचन प्रणालीसँगसँगै प्रत्यक्ष निर्वाचनको माध्यामबाट पनि महिलाहरुलाई कसरी नेतृत्वको लागि अवसर प्रदान गर्ने भन्ने कुरालाई राजनीतिक दलहरुले प्राथमिकता दिनुपर्दछ । समाजमा विद्यमान मनोवैज्ञानिक दृष्टिकोणलाई बदलेर लैजान पनि आगामी निर्वाचनमा महिलाहरुको सहभागितामा जोड दिनुपर्ने हुन्छ ।’

पूर्वसभामुख ओनसरी घर्तीले भोलीको पुस्तालाई राजनीतिमा आकर्षित गराउनका लागि पनि अहिलेनै राजनीतिक दलहरुले महिलाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा बढिभन्दा बढि सहभागिता गराउन लाग्नुपर्ने खाँचो औंल्याउनु भयो । उहाँले आरक्षण र विशेषाधिकार केही समयको लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउनका लागि महिला सांसदहरुले पनि पहलकदमी लिनुपर्ने बताउनु भयो । पूर्वसभामुख घर्तीले भन्नु भयो, ‘हामीले प्रत्यक्ष निर्वाचित भएर आउने वातावरण बनाउन सकेनौं भने भोलीको भावी पुस्ता चाँही प्रत्यक्ष निर्वाचनमा जान नसकिने हो कि भनेर यो क्षेत्रलाई रोज्न नहुने हो कि भन्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आउन नदिनका लागि पनि हामीले पहलकदमी लिनुपर्ने हुन्छ ।’

पूर्वसभामुख घर्तीले विशेषाधिकारको उपयोग गरेर महिलाहरुले आफूलाई कमजोर सावित गर्न नहुने पनि बताउनु भयो ।