१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

राष्ट्रियसभामा सांसदको समान धारणाः गैरनागरिकले नागरिकता नपाऊन्

राष्ट्रियसभामा सांसदको समान धारणाः गैरनागरिकले नागरिकता नपाऊन्
अ अ+ अ-

काठमाडौँ । नेपालको राष्ट्रिय हित र राष्ट्रियताको संवद्र्धन गर्ने हिसाबले नागरिकताविहीन नागरिकले मात्रै नागरिकता पाउने र गैरनागरिकले नागरिकता लिन नसक्ने प्रावधान राख्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै सांसदहरुले अङ्गीकृत नागरिकताको सन्दर्भमा कडा प्रावधान राख्नुपर्ने बताउनुभयो ।

छलफलमा भाग लिँदै सांसद बेदुराम भुसालले वैवाहिक अङ्गीकृत नागरिकताका सन्दर्भमा समयावधि तोक्नुपर्नेमा जोड दिनुभयो । भारतमा नेपालका छोरी–चेली विवाह गरेर जाँदा सात वर्षमा मात्रै नागरिकता पाउने प्रावधान रहेको भन्दै नेपालमा पनि सोही खालको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसद डा विमला राई पौडेलले अनागरिक युवालाई नागरिकता पाउनुपर्छ भन्नेमा आफू सकारात्मक भए पनि यो विधेयकका केही प्रावधान भने सच्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले विधेयक सम्बन्धित समितिमा पठाउनुपर्ने धारणा राख्दै वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा समयावधि तोकिनैपर्ने धारणा राख्नुभयो ।

सांसद खिमलाल भट्टराईले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकलाई नागरिकता प्रदान गर्ने विषयमा आफूहरूको समर्थन रहेको बताउनुभयो । उहाँले पनि वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा समयसीमा राखिनैपर्ने उल्लेख गर्नुभयो ।

सांसद सुरेशकुमार आले मगरले नागरिकताको विषय राष्ट्रियतासँग पनि जोडिएकाले त्यसलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो । सांसद उर्मिला अर्यालले नागरिकको सन्दर्भमा सरकार जिम्मेवार हुनुपर्ने, प्रक्रियागतरूपमा पनि स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

सांसद जगप्रसाद शर्माले राष्ट्रियताको सन्दर्भमा कुनै पनि सम्झौता नगरीकन नागरिकको आवाजलाई सम्बोधन गर्न माग गर्नुभयो । सांसद गङ्गा बेल्वासेले भौगोलिक, राजनीतिक र सांस्कृतिक हिसाबले संवेदनशील ठाउँमा रहेकाले नागरिकता दिने विषयमा खुकुलो प्रावधान राख्न नहुने बताउनुभयो ।

सांसद जितेन्द्रनारायण देवले संविधानअनुरुप नै नागरिकता विधेयक प्रस्तुत भएको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । सांसद मायाप्रसाद शर्माले अङ्गीकृत नागरिकताका सन्दर्भमा समयसीमा राख्नैपर्ने बताउनुभयो ।

सांसद प्रमिला कुमारीले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकका आधारमा सरकारले यो विधेयक ल्याएको र लामो समयदेखि नागरिकताविहीनलाई सम्बोधन गर्न खोजिएको धारणा राख्नुभयो ।

सांसदहरु भुवनबहादुर सुनार, गोपीबहादुर सार्की अछामी, खिमलाल देवकोटा, भगवती न्यौपाने तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, जयन्तीदेवी राई, तुलसाकुमारी दाहाल, उदयबहादुर बोहोरा, शेखरकुमार सिंह,लगायतले नागरिकताका विषयमा खेलाची नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।