२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुष्प्रचारयुक्त सामग्री रोक्न काउन्सिल गम्भीरः अध्यक्ष बस्नेत



अ+ अ-

काठमाडौं । नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई बिहिबार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्नुपर्ने जनाएको हो ।

ध्यानाकर्षण पत्रबुझ्दै अध्यक्ष बस्नेतले दुष्प्रचारयुक्त सामग्री तथा द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन गएको स्थानीय तहको चुनावमा काउन्सिलले प्रभावकारी अनुगमन गरेको बताउनुभयो । उहाँले पत्रकारको सामाजिक सञ्जालको समेत अनुगमन गरी कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना गर्ने, आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी गर्ने, आरोपप्रत्यारोप, दुष्प्रचार, चरित्रहत्या हुने किसिमका सामग्रीको सुक्ष्म अनुगमन गरी तत्कालै सचेत गराइएको जानकारी दिनुभयो ।

“अनुगमनबाट चरित्र हत्या हुने गरी अतिरञ्जित एवं दुरासययुक्त सामग्री सञ्जालबाट सम्प्रेषण हुँदा पहिलो चरणमा ‘क्वीक रेस्पोन्स’ स्वरुप टेलिफोनबाट सचेत गरायौँ,” अध्यक्ष बस्नेतले भन्नुभयो । अब आउने निर्वाचनमा पनि गलत समाचार, दुष्प्रचार र घृणास्पद ९द्वैषपूर्ण० अभिव्यक्ति सञ्चार माध्यमबाट सम्प्रेषण हुनसक्ने भएकाले यसबारे काउन्सिलले आयोगसँग छलफल गरेको उहाँले बताउनुभयो ।