३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल–नेपालबीच भेटवार्तामा के–के भयो कुराकानी ?



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

शुक्रबार अपरान्ह अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरु तथा उपलब्ध सांसदहरुसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो । भेटवार्ताको क्रममा वर्तमान राजनीतिक अन्यौलताको समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जिवनराम श्रेष्ठले जानकारी दिनु भयो । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरुलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरुबीच कुराकानी भइरहेको उहाँले बताउनु भयो । सचेतक 

श्रेष्ठले भन्नुभयो – ‘यो जुनखालको अन्योलतालाई कसरी चिर्ने ? नेकपा(एमाले)को षड्यन्त्रलाई कसरी परास्त गर्ने ? जुन राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो त्यसलाई कसरी कायम गर्ने ? एमसीसीको सन्दर्भमा जे जति सडकबाट उठेका विषयहरु, आन्दोलनमार्फत् उठाइएका विषयहरु र एमसीसीका सन्दर्भमा अहिलेसम्म जतिपनि शंकाका कुराहरु छन्, त्यसमा राष्ट्रहित विपरितका जुन दफाहरु छन्, कसरी यसलाई करेक्शन गर्न सकिन्छ, र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ भन्ने नेकपा(एकीकृत समाजवादी)को निर्णय नै हो । उठेका कुराहरुलाई हामीले कसरी सम्बोधन गर्न सक्छौँ ? त्यसलाई कसरी सच्याउन सक्छौँ । त्यसलाई विशुद्ध विकासको योजनाको रुपमा मात्र कसरी अगाडी बढाउन सक्छौँ भन्ने विषयमा हामी छलफलमा छौँ । त्यसका उपायहरु खोजि गर्दैछौँ । त्यही विषयमा हामी अनौपचारिक रुपमा विभिन्न ढंगबाट गठबन्धनका दलहरुका बिचमा छलफलहरु अगाडी बढाइरहेका छौँ ।’

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझैपनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताउनुभयो । गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडी बढ्नुपर्नेमा पार्टीको जोड रहेको उहाँले स्पष्ट पार्नुभयो ।