१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीत त होइन र्‍याप चाहिँ बरु गाउन सकिन्छ क्याहो – ओली



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जीवनमा कहिल्यै पनि गीत गाउन प्रयास नगरेको बताएका छन् ।

आइतबार काठमाडौंमा गुठीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गीत गाउन प्रयास नगरेको बरु र्‍याप चाहिँ गाउन सकिन्छ कि जस्तो लागेको बताएका हुन् ।

अध्यक्ष ओलीले ठट्यौली पारामा भने – ‘मैले गीत गाउन कहिल्यै जान्दा पनि जानिन, खोज्दा पनि खोजिनँ । किनभने नपुगिने ठाउँमा किन जान खोज्नु । मैले सगरमाथा चढ्ने कोशिस पनि गरिनँ किनभने म त्यहाँ पुग्छु जस्तै लागेन । गायन पनि सिक्छु जस्तो लाग्दैन किन कोशिस गर्ने ? तपाईले अघि गाउन भन्नुभयो बरु र्‍याप चाहिँ गाउन सकिन्छ क्याहो । अभ्यास नगरेपनि र्‍याप सुन्दा सकिन्छ कि जस्तो लाग्छ ।’

यस्तै अध्यक्ष ओलीले २०३० मा हिरासतमा रहँदा यातनाको बेला गीत नै सहारा हुने स्मरण गरे । त्यससमय अरुणा लामाको गीत गाउने, नारायण गोपालको गीत सुन्ने गरेको ओलीले बताए ।