१९ भाद्र २०८३, शुक्रबार
,
Latest
उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभयो ।

बैठकमामा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गर्नुभएको थियो । यसअघि हिजो शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो ।

विधेक पारित भएसँगै प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जलेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।