९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानसँग सिरिज नखेल्ने न्युजिल्यान्डको निर्णय



अ+ अ-

काठमाडौं । सुरक्षाको कारण देखाउँदै न्युजिल्यान्डले पाकिस्तानसँगको क्रिकेट सिरिज नखेल्ने घोषणा गरेको छ ।

तीन खेलको एकदिवसीय र पाँच खेलको टी–२० सिरिज खेल्न पाकिस्तानमा रहेको न्युजिल्यान्डले पहिलो एकदिवसीय खेल सुरु हुन केही घन्टाअघि सिरिज नखेल्ने भनेको हो । 

न्युजिल्यान्डको क्रिकेट बोर्डका अनुसार न्युजिल्यान्ड सरकारले सुरक्षा खतरा रहेको जानकारी दिएपछि सिरिज नखेल्ने निर्णय गरेको हो । 

न्युजिल्यान्डले शुक्रबार रावलपिन्डीमा पहिलो एकदिवसीय खेल खेल्दै थियो । तर टस गर्न ढिलाइ भएको थियो ।

त्यसपछि न्युजिाल्यन्ड क्रिकेटले विज्ञप्ति जारी गर्दै न्युजिल्यान्डले सिरिज नखेल्ने जनायो । 

अब न्युजिल्यान्ड क्रिकेट टिम पाकिस्तान छाडेर स्वदेश फर्कनेछ।

न्युजिल्यान्ड क्रिकेट टिम १८ वर्षपछि पाकिस्तान भ्रमणमा निस्किएको थियो ।

यता पाकिस्तान क्रिकेट बोर्डले भने न्युजिल्यान्डको यसप्रकारको निर्णयले क्रिकेटप्रेमीलाई दुःखी तुल्याउने उल्लेख गरेको छ ।