१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

काभ्रेपलाञ्चोक जिल्लामा जनगणनाका लागि १२८ सुपरिवेक्षक

काभ्रेपलाञ्चोक जिल्लामा जनगणनाका लागि १२८ सुपरिवेक्षक
अ अ+ अ-

बनेपा । राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ । जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसङ्ख्याको आधारमा छ स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गरी १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणको काम सुरु गरेको हो । 

पहिलो चरणमा सात दिनको तालिम दिएर १२८ सुपरिवेक्षक भदौ ३० गतेदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइसकिएको जनगणना कार्यालयका अधिकारी दीपक कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि बैशाख पहिलो सातामै स्थानीय जनगणना कार्यालय स्थापना गरी सुपरिवेक्षकको लागि तालिम आयोजना गरिरहेकै बेलामा कोरोना सङ्क्रमणको दोस्रो लहरकोे कारण सात दिनको तालिमलाई पाँच दिनमा नै स्थगित गर्न परेकामा अहिले सङ्क्रमण दर कम भएसँगै पुनः बाँकी दुई दिनको तालिम भदौ २७ र २८ गते सम्पन्न गरेर ३० गतेदेखि नै कार्यक्षेत्रमा खटाइसकेका छौं ।” 

जनगणना अधिकारी कोइरालाले भन्नुभयो,“खटिसकेका सुपरिवेक्षकले पहिलो चरणमा आगामी असोज १८ गतेसम्म सूचीकरणको विवरण सङ्कलन गरिसक्नेछन् ।” सुपरिवेक्षकले घर तथा घरपरिवार सूची दर्ताको काम सकेपछि   गणकलाई आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म खटाइने छ । 

जनगणनाका लागि अहिले जिल्लाको रोशी, खानीखोला र महाभारत गाउँपालिकाका लागि रोशीमै कार्यालय राखेर  धनवीर तामाङलाई, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाका लागि पनौतीमा कार्यालय सञ्चालन गरेर राकुमार तामाङलाई, भुम्लु र चौरीदेउराली गाउँपालिकका लागि भुम्लुमा कार्यालय सञ्चालन गरेर रुपक अधिकारीलाई, मण्डनदेउपुर र पाँचखाल नगरपालिकाका लागि पाँचखालमा कार्यालय सञ्चालन गरेर प्रसन्न सीपखानलाई, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकका लागि नमोबुद्धमा कार्यालय सञ्चालन गरेर सुमन भुर्तेललाई  तथा बनेपा र धुलिखेल नगरपालिकाका लागि धुलिखेलमा कार्यालय सञ्चालन गरेर नारदमणि कट्टेललाई स्थानीय जनगणना अधिकारी तोकेर काम सञ्चालन गरिएको छ । 

सूचीकरणका लागि नगरपालिका रहेका पनौतीमा १७, बनेपामा १६, धुलिखेलमा ११, पाँचखालमा १५, नमोबुद्धमा १०, मण्डनदेउपुरमा १२ सुपरिवेक्षक खटाइएको छ । त्यस्तै गाउँपालिका रहेका रोशीमा १०, तेमालमा सात, महाभारतमा छ, चौरीदेउरालीमा सात, भुम्लुमा सात, खानीखोलामा पाँच र बेथानचोक गाउँपालिकामा पाँच सुपरिवेक्षक खटाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरिने जनगणनाका लागि कार्यतालिका तयारी गरी ४६६ गणक खटिने भएका  छन् । (रासस)