१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन माग ७ र ८ गते

नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन माग ७ र ८ गते
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौ बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा असोज २ गते सम्पन्न बैठकले ११औं  राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो । संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको जानकारी गराए ।

कार्यालयको सामानसहित केही जिम्मेवार भनिएका कर्मचारीहरु हराएको उनले बताए । उनले भने, ‘हराएका साथीहरु नै चोरीमा सम्लग्न भएका हुन् कि भन्ने आरोप लगाउन पर्ने अवस्था आएको छ । ८ प्रदेशको अधिवेशन गर्ने भनेर केन्द्रिय कमिटिको बैंठक बस्ने सल्लाह अनुसार निर्णयमा पुग्नु अगाडी नै कार्यालयबाट लेटरप्याड, माइन्युट बुक हरायो ।’

ती सामाग्री लगेर साथीहरुले एउटा कोठाबाट निर्णय परिर्वतन गरेको समेत उनले आरोप लगाए । कुनै पनि मिडियाहरु यस्ता कुराबाट भ्रममा नपर्न आग्रह गर्दै भने, ‘म केदार देवकोटा आधिकारीक केन्द्रिय अध्यक्ष हु ।’ एक सय बढीको संख्यामा आएका नव प्रवेशी सदस्यहरुलाई केन्द्रिय समितिमा राखेको उनको भनाई थियो ।

सबै पेशामा रहेका कर्मचारीहरुको हकमा समान व्यवहार हुनुपर्छ भनेर आफुहरुले माग गरेको र घोषणा पत्रमा उल्लेख गरेको समेत बताए । उनले आफ्नो संयोजकत्वमा उपाध्यक्ष लेखनाथ कोइराला सह–संयोजक रहने गरी २७७ सदस्यीय राष्ट्रि«य अधिवेशन आयोजक समिति गठन गर्ने बैठकले निर्णय गरेको बताए । उनले जिल्ला÷ विभागिय कार्य समितिहरु, प्रदेश कार्य समितिहरुको अधिवेशन मंसिर र पौष महिनाभित्र सम्पन्न गर्ने पनि निर्णय भएको जानकारी दिए ।

सह–संयोजक तथा बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले निजामती कर्मचारी संगठन सबैभन्दा ठुलो संगठन भएको बताए । समितिको बैठक केही समय यता कोभिड लगायतका कारणले सुचारु हुन नसकेको बताए । असोज २ गते बैठक गरेर राष्ट्रिय भेलाको आयोजना गरेको बताए । उनले भने,‘ आठौ बैठकमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, स्थायी सदस्यहरु रामबहादुर थापा, शंकर पोखरेल, केन्द्रीय सदस्य लालबाबु पण्डित र महेश बस्नेत लगाएत १४ सय बढी अगुवा कर्मचारी संगठनका कार्यकर्ता राष्ट्रिय भेलामा उपस्थित उपस्थित हुनु भएको थियो ।’

उनले केन्द्रीय समितिको बैठकले माग ७ र ८ गते ११औं अधिवेसन गर्ने आयोजक समिति बनाउने निर्णय गरेको समेत जानकारी दिए । पुर्व माओवादी संगठनका कर्मचारीहरु पनि नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध भएको उनले जिकिर गरे । उनले दुई संगठनको एकिकरण र समावेश हिजोको मुल सिद्धान्तको आधारमा भएको हुनाले त्यसै अनुसार बुझिदिन पनि सबैलाई आग्रह गरे । उनले भने,‘कसैलाई सम्मान गर्न नखोज्ने, उच्छुंखल गर्ने अराजक साथीहरु संगठनबाट टाढा भएर नेताहरुको पछि लागिरहनु भएको छ ।’ नेकपा एमाले चोइटिए पनि कर्मचारी संगठन नचौइटिने उनले दाबी गरे । 

अराजक साथीहरुलाई जाने हो भने बाटो खुल्ला भएको भन्दै  कोइरालाले चेतावनी समेत दिए । नेकपा एमाले (समाजवादी) चुनाव पछि लोप हुँदै जाने उनले जिकिर गरे ।

कार्यक्रमको संचालन संगठनका महासचिव प्रभाव साहले गरेका थिए । 
साथै बैठकले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको केन्द्रीय कार्य समितिमा संगठनको सिफरिसमा रहेका उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरुलाई फिर्ता बोलाएर अन्य सदस्यहरुलाई पठाउने समेत निर्णय संगठनले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।