१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

विद्युत् खरिद बिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

विद्युत् खरिद बिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गर्नुभएको छ ।

नेपाल पोल एशोसिएसनको आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनलाई सम्बोधन गर्दै ढकालले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजनाका प्रवद्र्धकहरु संकटमा परेको बताउनुभयो ।

अहिले धेरै जलविद्युत् कम्पनीहरुले अर्बौं लगानी गरिसकेको र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता ९पीपीए० रोकिएको स्मरण गराउँदै ढकालले यसबाट लागत र अन्योल बढेको बताउनुभयो । ऊर्जामन्त्री पम्फा भुसालसमेत सहभागी कार्यक्रममा ढकालले तत्काल पीपीए खुलाउन आग्रह गर्नुभयो । “अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आाशंका छ,” उहाँले भन्नुभयो, “अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नुभएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकेमा मात्र आर्थिक विकास हुन्छ ।” 

वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योगसम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युत्को खपत बढ्नसक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले ऊर्जाका क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिनेगरी परिणाम निकाल्न आफूहरु तयार रहेको बताउनुभयो ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा भएको लगानी संरक्षण र थप लगानीका लागि वातावरण तयार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा ढकालले निजी क्षेत्रबाट सञ्चालित उद्योग व्यवसायलाई पनि सरकारी लगानीका संस्थासरह सुविधा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।