१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्नेमा मन्त्री कार्कीको जोड

संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्नेमा मन्त्री कार्कीको जोड
अ अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्ने बताउनुभएको छ । 

आइतवार संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै संविधानलाई समयानुकुल परिमार्जन गर्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिको निम्ति अग्रसर हुनुपर्ने बताउनुभएको हो । उहाँले आगामी पुस्तालाई समृद्धिको यात्रामा अघि बढाउनको निम्ति सबैको इमान्दार प्रयत्न हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘संविधान गतिशिल, जिवन्त दस्तावेज हो । यसमा समयानुकुल परिवर्तनहरु हुँदै जान्छन् । र नेपाली जनताका भावना, आकांक्षाहरुलाई संविधानमा परिलक्षित गर्दै यो संविधानलाई समयानुकुल परिवर्तन गरेर अब स्थिरता र आर्थिक समृद्धिका निमित्त हामी अग्रसर हुनु आजको हाम्रो दायित्व र कर्तव्य पनि हो ।’

मन्त्री कार्कीले संसदमा गतिरोध उत्पन्न भएका कारण सरकारले महत्वपूर्ण अध्यादेशहरु जारी गर्न नसकेको बताउनुभयो । उहाँले आगामी दिनमा संसदको गतिरोध अन्त्य गरेर नयाँ कानूनहरु निर्माण गर्ने दिशामा संसद अग्रसर हुने विश्वास पनि व्यक्त गर्नुभयो ।