१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

संविधान कार्यान्वयनको गहन समीक्षा र पुरावलोकन आवश्यक: संविधानविद्

संविधान कार्यान्वयनको गहन समीक्षा र पुरावलोकन आवश्यक: संविधानविद्
अ अ+ अ-

काठमाडौं  । पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुुमतको सरकार फेरिने तथा पटक–पटक संसद् विघटनको घटनाले संविधान कार्यान्वयनको अवस्थाबारे गहन समीक्षाको आवश्यकता औँल्याउनुुभएको छ ।

संविधान दिवसका अवसरमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आईतबार  आयोजित ‘संवैधानिक दूरदृष्टि र नेपालको वर्तमान अभ्यास’ विषयक कार्यक्रममा सहभागी वक्ताले जनआन्दोलनको उपलब्धि रक्षा र संविधानलाई दीर्घजीवी तुल्याउन संविधान कार्यान्वयनको समीक्षाको समय भइसकेको धारणा व्यक्त गर्नुुभयो ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भन्नुुभयो, “संविधान कार्यान्वनका सवलामा धेरै समस्या देखियो, अब मूल्याङ्कन गर्नुपर्छ, कहाँ चुुकेको छ, कहाँ नमिलेको छ, त्यसलाई सुुस्पष्ट गरी संविधानलाई दीर्घजीवी तुल्याउन र सङ्घीयतालगायतका उपलब्धि रक्षा गर्न संविधानको पुुनरावलोकन गर्ने समय भइसकेको छ ।”

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मितव्ययी बनाउन र प्रजातन्त्रलाई व्यापारीकरणमा जान नदिन संविधान कार्यान्वयनको हालसम्मका समग्र प्रगतिको समीक्षा हुन आवश्यक रहेको बताउँदै उहाँले जनअपेक्षाअनुसार संविधानलाई संशोधन र सुधार नगरिए ठूूलो चुनौती सामना गर्नुपर्ने हुुनसक्छ भन्नुुभयो ।

पूूर्वप्रधानन्यायाधीश सुुशीला कार्कीले लोकतन्त्रका लागि ठूूलो सङ्घर्ष र योगदान पुु¥याएका राजनीतिक दलकै नेताबाट समानुुपातिक निर्वाचन प्रणालीको व्यापक दुुरुपयोग भएकाले हालको छनोट गर्ने व्यवस्थामा सुुधारको खाँचो औँल्याउनुुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले अदालतमा जान नपर्ने विषयलाई प्रवेश गराउने तथा स्थापित मूल्य, मान्यतालाई आत्मसात नगर्ने प्रवृत्तिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका निर्णय तरङ्गित र आलोचित भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकले अहिले संवैधानिक अङ्गका बीचमा न्यायायिक आत्मसंयम खोजेको छ ।”

नेकपा ९माओवादी केन्द्र०का नेता वर्षमान पुनले संविधान जारी गर्ने बेला विभिन्न खाले आशङ्का र प्रश्न उठाइएको भए पनि हालसम्मको सङ्घीयता कार्यान्वय प्रगतिले अवलम्बन गरिएको मार्गचित्रलाई सही पुष्टि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सविधान कार्यान्वयनको सुखद् नतिजा देखिएको छ, संविधान र सङ्घीयता कार्यान्वयनको आगामी गन्तव्यका लागि संविधान कार्यान्वयनको सकारात्मक समीक्षा र पुनरावलोकनको खाँचो देखियो ।”

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले जनसङ्ख्या कि भूगोलका आधारमा निर्वाचन क्षेत्र भन्नेजस्ता केही विषयमा विवाद भए पनि गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, समावेशीलगायतका हिसाबले संविधान सर्वसम्मतिको दस्तावेज हुन पुगेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, “संशोधनले संविधानलाई दीर्घजीवी बनाउँछ, संसद्, संसदीय समिति र सांसदलाई बलियो तुल्याउन र समयका हिसाबले पनि अब संविधान समीक्षा गर्न योग्य भएको छ, आफ्नो कर्तव्य पूरा नगर्ने तथा संसद्बाट राजनीतिलाई बाहिर लैजान खोज्दा अहिले तमाम समस्या आएको हो ।”

संविधानका जानकार डा विपीन अधिकारीले संविधानको मर्म र भावनाअनुरूप समावेशी, आवधिक निर्वाचन, रूपान्तरण र जवाफदेहीका विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्ने क्रममा भएका राम्रा अभ्यासको संरक्षण गर्दै आवश्यकता खड्किएको प्रश्नलाई स्थान दिन जरुरी रहेको विचार प्रकट गर्नुभयो ।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान र शिलु मानन्धर बज्राचार्यले अदालतबाट भएका पछिल्ला फैसलाले संविधानको संरक्षण, कानूनी राज्य र लोकतन्त्रको स्थायित्वका लागि ऊर्जा प्रदान गरेको धारणा राख्नुभयो । प्रधानले भन्नुभयो, “मौलिक हक कार्यान्वयनलाई गौणरूपमा हेरिनु लोकतन्त्रका लागि शुभसङ्केत होइन, मुलुकमा विकसित घटनाक्रमले संविधानको पुनरावलोकनको अवस्था देखिएको छ ।”