१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

बैंकिङ कसूर मुद्दामा २ करोड जरिवाना र कैद तोकिएका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दामा २ करोड जरिवाना र कैद तोकिएका फरार अभियुक्त पक्राउ
अ अ+ अ-

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा शनिबार वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

रविन्द्र थापाले जाहेरी दिएको चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले उनलाई गत मंसिर २२ गते एक करोड २५ लाख बिगो जरिवाना र १७ दिन कैद सजायको फैसला सुनाएको थियो । यस्तै रविन्द्रकै जाहेरीको अर्को मुद्दामा अदालतले उननाई ७५ लाख बिगो जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो ।

सोही कसूरमा राजन श्रेष्ठको जाहेरीको अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम प्रतिवादीबाट भरी पाउने १७ लाख रुपैयाँ र त्यसको कानून बमोजिम हुने ब्याज समेतको बिगो तिर्नुपर्नेमा सो नगरी फरार रहेकाले २०७५ असोज १९ गतेको फैसलाले थापालाई एक वर्ष कैद सजाय समेत सुनाएको थियो ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको महाशाखाले जानकारी दिएको छ ।