१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

संविधान दिवसका अवसरमा चिनीयाँ राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

संविधान दिवसका अवसरमा चिनीयाँ राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश
अ अ+ अ-

काठमाडौं । नेपालको राष्ट्रिय दिवसका उपलक्ष्य चीनका  राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री ली ख छ्याङले शुभकामना सन्देश पठाउनु भएको छ । राष्ट्रपति सीले समकक्षी बिद्यादेबी भण्डारी र   प्रधानमन्त्री लीले प्रधानमन्त्री देउवालाई राष्ट्रिय दिवसका उपलक्ष्यमा  बधाई सन्देश पठाउनु भएको हो ।

 बधाई सन्देशमा चीन र नेपाल परम्परागत मैत्रीपूर्ण असल छिमेकी मुलुक रहेको उल्लेख गर्दै कोरोना महामारी देखा परेपछि चीन र नेपालले एक अर्कालाई सहयोग गरी सँगै मिलेर कठिन घडीको सामना गरी दुई देश बीचको मित्रताका लागि नयाँ अध्याय लेखेका उहाँले आफ्नो बधाई सन्देशमा व्यक्त गर्नु भएको छ।

नेपालसँगै मिलेर कोरोना महामारीको प्रतिरोध गर्न, “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण गर्न, विभिन्न क्षेत्रमा रहेका आदान(प्रदान र सहयोगको विस्तार गर्न र चीन(नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको निरन्तर विकासलाई अघि बढाउन चीन इच्छुक रहेको पनि प्रधानमन्त्री लीले आफ्नो बधाई सन्देशमा अभिव्यक्त गर्नु भएको छ।