९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीमा अब अध्यक्ष र पदाधिकारीको चयन निर्वाचनबाटै



अ+ अ-

काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन गर्न नसकेको नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ ।

माओवादी केन्द्रले कांग्रेस र एमालेले जस्तै वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको हो ।

माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि निर्माण गरेको छ  । 

यसरी निर्वाचित भएर आउनुपर्नेको संख्या दुई लाख ८५ हजार रहेको माओवादी केन्द्रले जनाएको छ । योसँगै अब अध्यक्ष बन्न चाहेमा प्रचण्ड पनि चुनावबाटै आउनुपर्नेछ ।

यस्तै माओवादीले विष्णुपुकार श्रेष्ठलाई केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष बनाएको छ । माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ।