© 2023
कैलाली। कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ । गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिनुभयो । नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए