२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने अभियान सुरु



अ+ अ-

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत समावेश गर्ने अभियान सुरु गरेको छ ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचिमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिनु भएको हो । मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उहाँले त्यसलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि आगामी बैशाख ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो जात्राको प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताउनु भयो । सम्बन्धित सबै पक्षले यस जात्राको प्रवद्र्धनमा सहयोग गरे विश्व सम्पदा सूचिमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरुको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरुको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको प्रवद्र्धनले पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा बिस्का जात्राको फोटोसमेत प्रर्दशनी गरिएको थियो ।