१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज



अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालिको समुद्घाटन गर्नुभएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको इण्डस्ट्रिजको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्रको लगानीमा सुरु भएको उद्योगले कर्णालीको आर्थिक समृद्धिमा सघाउ पुग्ने बताउनुभयो । उहाँले इण्डस्ट्रिज स्थापनाले कर्णालीमा रोजगारीका अवसर सिर्जना हुने जनाउनुभयो । 

“कर्णाली प्रदेशको आर्थिक समृद्धिको आयाम उद्योग व्यवसाय सञ्चालनका लागि प्रदेश सरकारले लगानीमैत्री नीति तर्जुमा गर्न लागेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “प्रदेश सरकारको सहयोगीका रुपमा स्थापना भएको सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालि वीरेन्द्रनगरलाई प्रगतिको शुभकामना छ ।”

निजी क्षेत्रद्वारा स्थापित आर्थिक वृद्धिको मेरुदण्डका रुपमा मानिएको यस इण्डस्ट्रिजबाट दैनिक नौ हजार ६०० ग्याविन एवं दुई हजार घेराबार जाली उत्पादन हुने र गुणस्तरीय निर्माण सामग्रीको सहज र सुलभ दरमा उपलब्ध हुने बताइएको छ । प्रदेश सरकारले इण्डस्ट्रिजको विकासका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।