१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपाले सबै सम्पदाहरुको पुनःर्निर्माणको कामलाई अघि बढाएको छ : विद्यासुन्दर शाक्य



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गर्नु भएको छ । मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताउनु भएको हो । 

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उहाँले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरुको पुनःर्निर्माणको कामलाई अघि बढाएको दाबी गर्नु भयो ।

उहाँले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीति अनुसार काम भईरहेको दोहो¥याउनु भयो । मेयर शाक्यले भन्नु भयो, ‘हामीले चुनावको बेला घोषणा गरेका थियौं–काठमाडौं एउता ऐतिहासिक शहर, सांस्कृतिक शहर । यसलाई जिवन्त बनाउनुपर्छ भनेर हामीले भनेका थियौं । यसलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीलि लियौं । चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं । अहिले पनि यो सम्पदान भनेको राज्यको सम्पत्ति हो । यो पहिलो गठियारहरुले बनाएका थिए । त्यो गुठियारले अहिले संरक्षण गर्न नसकिरहेको अवस्थामा राज्यको उपस्थिति त्यहाँ हुनुपर्छ । राज्यले संरक्षण पनि गर्ने हो । त्यसका लागि हामीले आर्थिक पक्ष आफूहरुले हेर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको काम गठियारलाई नै दिने नीति लिएका छौं । यसको संरक्षणको लागि संघीय सरकारले जिम्मेवारी लिएन । हामीले जिम्मेवारी लिएर पुनर्निर्माणको कामलाई तीव्रता दिएका छौं ।’

सो आँगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । जस अनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिनु भयो ।

समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिव साँढे १ करोड बजेट लाग्नेछ । २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ ।