१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सरकार ढलाउन संसार भरका स्यालहरु एक भए – अध्यक्ष ओली



अ+ अ-

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनु भएको छ । 

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्टी निकट मानव अधिकारवादीहरुको संगठन मानव अधिकार एलाईन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताउनु भयो । 

अध्यक्ष ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भन्नु भयो, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र ब्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिनु भयो । मानव अधिकारको रक्षामा आफ्नो पार्टी विश्वभरीकै अवधारणाभन्दा अगाडि रहेको उहाँको दावी थियो । 

अध्यक्ष ओलीले भन्नु भयो, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ । आजको समय त्यस्तो छ । तर, हामी फेसनको पछि होईन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छ । विश्वभरीका मानवअधिकार अवधारणा भन्दा एमाले एक कदम अगाडी छ ।’

अध्यक्ष ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर ईस्र्या गर्ने गरिरहने चलन नै भएको बताउनु भयो ।