१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा केन्द्रीय सदस्य सुवेदीसहित चार सय नेता–कार्यकर्ता एमाले प्रवेश



अ+ अ-

पोखरा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित चार सय कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । 

आज (मंगलबार) पोखरामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई एमालेमा स्वागत गरेका हुन् । 

गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भातृसंगठनका तीनजना अध्यक्षसहितले एमालेमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।