१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा

नेपालमा यति तीन कुरा भैदिए…

नेपालमा यति तीन कुरा भैदिए…
अ अ+ अ-

भारती गौतम

“लौ तपाईलाई यहां भेट हुन्छ भन्ने त मैले सोचेकै थिएन”, के छ खवर”?

“त्यहि त मलाई पनि कहां थाहा थियो त, सवै राम्रो छ अनि तपाइको नि?”

टेनेसी छोडेपछिका यस्तै सम्मेलनमा एकपटक मात्र एटलान्टामा भेट भएको अस्ति जस्तो लागे पनि सात वर्ष वितिसकेछ नीतासंग भेट नभएको।

दुईघन्टाको उडान पछि ईन्डियानापोलिस एयरपोर्टवाट सम्मेलन हुने सेराटन होटल पुग्दा झन्डै अर्को एक घन्टा लागे पनि पहिले पुग्ने नै हामी थियौं जस्तो देखिन्थ्यो। पानी पर्छ होला भन्ने ठान्दा ठान्दै पनि सफा आकाश को आकाशै ईन्डियानामा ओर्लिएको केहि समय पछि भने पानी झरी हाल्ला जस्तो भएको थियो।

अमेरिकाको मध्य पश्चिम अनि दक्षिण भागका राज्यहरुमा वस्ने नेपालीहरुको संस्थाहरु नासिया र आन्मा को वार्षिक सम्मेलनमा पुग्ने हरु विच त्यहि ईलाका भन्दा वाहिरका थोरै मध्ये आफू परेको भए पनि उहिले टेनेसी वस्ता आफ्नै घरको चाड जस्तो ठानिएको यो सम्मेलन आफ्नै लागेको थियो।

निताजी लगायतका त्यो ईलाकाका अरु थुप्रै साथीहरु भेट्ने आशा भनेजस्तो गरी पुरा नभएको भए पनि निताजी देख्ता मलाई सवैसंग भेट भएजस्तो लागेको थियो। प्याजीरंगमा टल्किने वुट्टा भएको कुर्तासुरुवालमा छोटो कपाल सुहाएको निताजीले चस्मा लगाउनु भएको वाहेक सात वर्ष अगाडी जस्तै लाग्थ्यो। सात वर्षको यो अवधिमा उहांका छोरा छोरीको विहे भयो, मेरै पनि छोरीको विहे भयो, स्कूल पढ्दै गरेका कलेज गए कलेजमा भएका जागिर खान थाले । कोहि कता सरे कोहि कता सरे हामी वोस्टन सरेजस्तै नीताजीहरु क्यारोलाईना सर्नु भयो ।

“अनि के छ हौ साथी, यसो फोन त वेला वेला गरे हुन्छ नि, छोराछोरी सवै लाखापाखा लागे पछि अव त हाम्रो आफ्नो भनेको यस्तै साथीभाई त हो नि”।

“ हो नि हेर्नु न फोन गर्छु भनेको यस्तै के के अव पक्कै गर्छु”।

सम्मेलनको लागि विभिन्न राज्यवाट सहाभागी आउने क्रम जारी थियो। निताजीसंग कुरा गर्दा गर्दै पनि मेरा आंखा चिनेका अनुहार खोज्न भने व्यस्त नै थिए।

नचिनेकासंग परिचय गरेर नया चिनाजानी बढाउनु भन्दा आफूले चिनेका संग मात्रै एउटा कुनामा गएर वर्षौंदेखिको गफ चुट्ने यस्ता सम्मेलनहरुमा आफूले चिनेको कोहि नभेटुन्जेल आंखा आंखाले वाहेक कसैसंग दोहोरो वोल्ने वातावरण नबन्दाको अपठ्यारो परिस्थिति सुरुका केहि सम्मेलनमा भोगि सकेको हुंदा निताजी नभेटुन्जेल सम्म कसैसंग चिनाजानी नहुनु नौलो लागेको थिएन ।

“कस्तो राम्रो कुर्तासुरुवाल , ती पंचरंगी चुरा पनि कति राम्रा, नेपालवाट भर्खर ल्याए जस्तो छ नि”? कुराकानीको सन्दर्भ अगाडी बढाउन मैले सोधें।

“हो, नि छोरीको विहेलाई गहना लुगाफाटो पनि किन्ने विचारले चार महिना अगाडी मात्र नेपाल गएकी थिएं, चारवर्ष पछि नेपाल गएको अमेरिका भन्दा केहि फरक छैन। हामी त त्यहां पुग्दा पाखे जस्तो”।

भर्खरै प्रबेस गर्ने रेणुजी तिर हेरेर हांस्तै र हात उठाउदै नीताजीले भन्नुभयो।

“ हो नि हगि, चार वर्ष भयो म पनि नगएको, फेरि जांदा कति कुरा नयां लाग्ला”, मैले थपें।

“पन्ध्र हजार ,विसहजारका सारी, सवैको हातमा आईफोन, ठूला ठुला टीभी, दामी गाडी सडकभरी, रेस्टुरेन्टमा खाने,भेकेसन जाने, पास्नी, बर्थडे, एनिभर्सरी सवै पांचतारे होटेलमा”, मलाई त अमेरिकावाट नेपाल हैन नेपालवाट अमेरिका पुगे जस्तो लाग्यो”। निताजीको अनुहार अंध्यारो कोठामा वत्ती वालेजस्तै उज्यालियो।

सम्मेलनको लागि होटेल भित्र पस्ने र माथिल्लो तलामा रजिस्ट्रेसन गर्नेहरुको घुंईचो लाग्न थालि सकेको थियो। हामी एउटा कुनामा वसेर सातवर्ष अगाडीको एटलान्टामा र नेपालको साडी पसलहरुमा पुगीरहेका थियौं।

“त्यस्तो हगि , त्यस्तो हुंदा हुंदै किन होला त्रिभुवन विमानस्थल वाहिरिने नेपालीले खचाखच हुन कम नभको”?

“खालि वत्ति, पानी र राजनिति तीनकुरा मात्रै खराव , अरु त सवै कुरामा नेपाल धुमधामले आधुनिक भएको छ”। उक्त वाक्य मैले सुन्दा जति हास्यास्पद र विरोधाभासि सुनियो निताजीको लागि त्यति नै स्वभाविक र सरल देखिन्थ्यो।

“के तीन कुरा वाहेक भन्नु भएको अरे”? केटाकेटीको हल्लाखल्लाले वुझ्न गाह्रो भएको होला भनी फेरि निताजीलाई मैले सोधें।

“ए , वत्ती,पानी र नेताहरु वाहेक अरु सवै विकास भएको छ” भनेको। दोस्रो पटक पनि निताजीले त्यस्तै सरल र स्वाभाविक रुपले जवाफ दिनुभयो।

जाडो अलिक वढी मात्र भनेजस्तो या सामान महंगो या आफूले चिनेका मान्छे कम भएको जस्तो मात्र कुनै दैवी या क्षणिक असुविधा जस्तो गरी वत्ती, पानी र राजनीति जस्ता आधारभूत र विशाल समस्या उल्लेख गर्ने निताजी पहिलो व्यक्ति नभएकोले नै उहांको यो वाक्य उल्लेखनीय भयो।

“ नेपाल पनि अचेल त अमेरिका जस्तै छ, डोल्पा,डोटि र अछाम मा समेत मान्छेले आईफोनमा फेसवुक हेर्छन्”,

“कुन भिरमा वढि घांस पाईन्छ भनेर समेत मोवाईलवाट छलफल हुन्छ’,

“काठमान्डौमा त रेफ्रिजेरेटर, माईक्रोवेभ, वासिङमेसिन , नभएको त घरै छैन”

“गल्लीनै पिच्छे कलेज र स्कूलहरु छन् , युरोपका कुनै मुलुक भन्दा कम छैन नेपाल”।

नेपाल भर्खर गएर फर्किने निता मात्र हैन सुनितादिदी, मीनाजी, रमेशजी वाट सुन्नेगरेका उक्त वाक्यांश पनि मेरो दिमागमा ताजा भएर आए।

मर्मत नगरिएका सांघुरा राजमार्गवाट नदिमा खसेका वसहरुका ईतिहासमा निर्दोष जीवन वेपत्ता भएका वृहत तथ्यांकहरु, पानीका रित्ता भांडाका कोसौं लामा लाईनले खर्च भएका अनगिन्ति घन्टाहरु, सिमित वाटामा वर्षामा उम्रिएका च्याउजस्तै दिनहुं थपिएका दामी गाडी र मोटर साईकलले ट्राफिकमा वितेका अनावश्यक विहानहरु सांझहरु र दिनहरु भुसुक्क विर्सिएर आयात गरिएका तकनिकि औजार को भरमा देशको विकास नाप्ने नीताजी जस्ता हामी थुप्रै रहेछौं।

हुनपनि हो, चुहुने झुपडी भित्र पर्सियाको दामी गलैचा ओछ्याएर आफ्नो घर पर्सिया भयो भन्ने ठान्ने भ्रम ले पनि विकासको चर मान्नु पर्ने माथि उल्लेखित आधारभूत वाटो वत्ति पानी आदीको निर्माणको आवश्यकतामा ओझेल परेको त हैन पनि सोचनिय विषय हो कि ?

निताजीले गुनासो गरेका तीनकुरा मध्येका एकको पंक्तिमा पर्ने पूर्व प्रधानमन्त्रीको भाषण सुन्न घरवाट आएका मामाको वोली सुन्न उत्सुक परदेशी कानहरु ओछ्याएर अधिवेसन हलमा विराजमान झन्डै तीनसय जोडी कानहरुमा निताजी र मेरा कानहरु पनि ओछिएका थिए। नेपाल अझ आमाको अचार तरकारीको वास्ना वोकेका पूर्व प्रधानमन्त्रीको मुखवाट स्यावासी र स्नेह पाउने आशाले तिखारिएका कानहरुले उहांको एकघन्टे उपदेशात्मक प्रवचनको पहिलो एकतिहाई समय अमेरिकामा हुने नेपालीले के के गलत गरिरहेका छन् र उनीहरुले के के सहि गर्नु पर्छमा विताउनु भएको सुनेपछि हात्ती आयो—हात्ती आयो हुन पुगेको थियो। अमेरिकामा रहेका नेपाली वाहेक अरु मुलुकका आप्रवासिहरुले आफ्नो भाषा धर्म र संस्कृति जोगाएका सुनौला उदाहरण दिन पनि उहां चुक्नु भएन। ‘गांठ भी गुमाना—–

‘ भनेझैं यहांका नेपालीले पसिना वगाएको पैसा खर्च गरेर टिकट,होटेल खानपान सवै जुटाई स्यावासी पाईएला कि भनेर निम्त्याईएका विशिष्ट पाहुनाको विशेष वक्तव्यको भागमा परेको एकतिहाई समय आफूहरु माथिकै आलोचनाको रुपमा आईलागेपछि निताजी र मेरो मन पनि नेपालवाट आउन सक्ने अचार खाएको भन्दा अमिलो भएको थियो।

हुन पनि हो, अरु सवै दृष्टीले आधुनिक र विकसित नेपालमा यसो त्यो वत्ती, वाटो ,पानी र राजनीतिमा पनि सुधार हुनसके त स्विट्जर्ल्यान्ड। ती तीनकुरा मात्र भैदिए त———-।