• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

देवकोटाको ‘चम्पा’उपन्यास हिन्दीमा आउने



नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘चम्पा’उपन्यासलाई हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान साहित्य (अनुवाद) विभाग प्रमुख प्रा डा उषा ठाकुरले चालु आवमा देवकोटाको एक मात्र सो उपन्यास अनुवाद गरी प्रकाशनमा ल्याइने जानकारी दिए ।

उनले चालु आवमा नेपाली भाषाका प्रतिनिधि कविताको हिन्दी अनुवाद गरिने, इन्दिरा प्रसाईँको ‘रनमाया’ उपन्यास अङ्ग्रेजीमा अनुवाद गरिने, सार्कका महिला कथाकारका प्रतिनिधि कथा, पाश्चात्य समालोचना र संस्कृत आख्यानको नेपाली अनुवाद गरिने तथा हिन्दीका १५ र नेपाली भाषाका १०कथाको अवधी भाषामा अनुवाद गरिने बताए ।

प्राज्ञ प्रा डा ठाकुरका अनुसार रवीन्द्रनाथ ठाकुरका प्रतिनिधि कथाको हिन्दीबाट नेपालीमा अनुवाद तथा रामप्रसाद राय थारुद्वारा लिखित नेपाली भोजपुरी साहित्यको प्रथम उपन्यास ‘थरुहट के बउआ अओर बहुरिया’(थरुहटका छोरा र बुहारी),२०२९ को नेपाली अनुवाद गरिने योजना छ । विभागले हिन्दी भाषाको प्रज्ञा पत्रिका ‘रुपान्तरण’को तेस्रो अङ्कको तयारी पनि गर्दैछ ।