२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको राज्य व्यवस्था समितिमा तेस्रो पटक पनि पत्रकारलाई रोक, सभापति श्रेष्ठ निरंकुश बन्दै गएको आरोप



अ+ अ-

संसदको राज्य व्यवस्था समितिमा भएको छलफलका क्रममा समाचार संकलनमा पुनः रोक लागेको छ । रक्षा मन्त्रालय र नेपाली सेनाका आर्थिक एवं प्रशासनिक गतिविधि बुझ्न कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, रक्षासचिव बिष्णु लम्साल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायत उच्च अधिकारीलाई आज समितिले बैठकमा बोलाएको थियो ।
तर रिपोर्टिङमा पुगेका पत्रकारलाई भने रोक लगाइएको छ । त्यहाँ पुगेका पत्रकारलाइ बैठक कक्षमा प्रवेश गर्न दिएन । सो समितिका सभापति शशी श्रेष्ठले संवेदनशील विषयमा छलफल हुने भएकाले पत्रकारलाइ बाहिरै बस्न आदेश दिएकी थिइन् । श्रेष्ठ सभापति भए यता समिति बैठकमा संचारकर्मीलाई रोक लगाएको यो तेस्रो पटक हो । त्यसैले सभापति श्रेष्ठ निरंकुश बन्दै गएको आरोप पत्रकारहरुले लगाएका छन् ।
यसअघि सोमबार गृह मन्त्रालयसम्बन्धी छलफलमा समेत पत्रकारलाई प्रवेश दिइएको थिएन । संसदका सबै समितिमा पत्रकारलाइ पदेन सदस्य सरह निर्वाध प्रवेश दिने प्रचलन छ । सार्वजनीक लेखा र राज्य व्यवस्था समितिको विगत त झन यस मामिलामा सबै भन्दा उदार मानिन्थ्यो ।