२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाः विवादमा मुछिएका क्याभाना न्यायाधीश नियुक्त



अ+ अ-

अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभाना हप्तौँदेखिको तीखो बहसपछि अनुमोदित भइ शपथ लिएकाे बिबिसीले जनाएकाे छ । अमेरिकी सिनेटले ४८ का विरुद्ध ५० मतले क्याभानाको मनोनयनलाई अनुमोदन गरेको छ।

क्याभानामाथि यौन दुर्व्यवहारको आरोप लगाइएको थियो, जुन आरोपलाई उनी अस्वीकार गर्छन् ।

तर नियुक्तिबारे निर्णयमा पुग्न नसकेका दुईजना सिनेटरले संघीय अनुसन्धान निकाय एफबीआईले ११ घण्टा लगाएर गरेको एउटा अनुसन्धानपछि क्याभानालाई समर्थन गर्ने निधो गरे।

जित

उनको नियुक्तिले अमेरिकामा आउँदो नोभेम्बरमा हुने महत्त्वपूर्ण मध्यावधि चुनावअघि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा राजनीतिक जित दिलाएको छ।

सिनेटमा मतदानअघि क्याभानाको मनोनयनको विपक्षमा वाशिङटनमा सयौँ मानिसले प्रदर्शन गरेका थिए।

मतदानका क्रममा प्रदर्शनकारीहरूले चर्को नाराबाजी गरेपछि उपराष्ट्रपति माइक पेन्सले शान्ति, सुरक्षा कायम राख्न निर्देशन दिनुपरेकाे थियो।

अनुमोदन र त्यसपछि शपथसँगै क्याभाना जीवनभरिका लागि न्यायाधीश भएका छन् ।

अनुदारवादी

उनको नियुक्तिले नौजना न्यायाधीश हुने अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादीहरूको नियन्त्रण थप मजबुत भएको छ।

अमेरिकी कानूनको अन्तिम व्याख्या गर्ने अधिकार त्यहाँको सर्वोच्च अदालतमा निहित हुन्छ ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच ५३ वर्षीय क्याभानाले शपथ लिएका छन्। राष्ट्रपति ट्रम्पले सिनेटलाई बधाई दिएका छन्।

उनले क्याभाना ‘डेमोक्र्याटहरूको डरलाग्दो आक्रमणबाट जोगिएको’ टिप्पणी समेत गरेका छन्।