३० जेष्ठ २०८३, शनिबार
,
Latest
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता पौडेलले राखे छुट्टै भेला



अ+ अ-

सभापति शेरबहादुर देउवा समूहले विधि, प्रक्रिया मिचेर नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको भन्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सोमबार छुट्टै भेला बसेको छ।

सहमहामन्त्री प्रकाशशरण महतले ‘आफ्नो गुटलाई फाइदा पुग्ने खालको छुट्टै विधान मस्यौदा’ बैठकमा पेश गरी बिना छलफल पास गरेको आरोप बरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नेता अर्जुननरसिंह केसीको छ।

देउवा समूहले पर्याप्त छलफल नगरी ३२ वर्षे उमेर हद तोकेपछि सामुहिक धारणा बनाएर असोज २५ गतेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पौडेलसहित नेताहरू छलफलमा जुटेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।

‘नेविसंघले बुझाएको विधान अलपत्र छाडेर गुटलाई फाइदा पुग्ने अर्कै विधान पेश गर्ने?’, ती केन्द्रीय सदस्यले भने।

बोहराटारमा भएको भेलामा पूर्वमहामन्त्रीद्वय सिंह र सिटौला, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र करिब १५ केन्द्रीय सदस्य थिए। नेविसंघले कांग्रेसलाई बुझाएको विधान मस्यौदामा उमेर हदबारे मौन थियो।

सभापति देउवा पक्षले भने नेविसंघको ११ औं महाधिवेशनकै बेला १२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लाग्ने विधानमै उल्लेख भएकोले सो व्यवस्था कायम राखिएको र छुट्टै मस्यौदा पेश नगरेको बताएको छ।

नेविसंघ सभापति नैनसिंह महरले ३२ कटेका नेतालाई पार्टीले उचित सम्मान गर्दै व्यवस्थापन गर्नुपर्ने बहस चलाउनुपर्ने बताए। पार्टीले उमेरहद तोकेपछि मान्नुपर्ने उनको तर्क छ।

पौडेल निवासमा चलेको छलफलमा पार्टीको आगामी महाधिबेशनमा कसरी अघि बढ्ने भन्ने पनि बहस भएको थियो। निर्वाचनमा पराजयपछि पनि नेतृत्वमा केही सुधार नदेखिएकोले विकल्प खोज्ने छलफल भएको ती केन्द्रिय सदस्यले बताए।

‘निर्वाचन हारेपछि पनि पार्टी नेतृत्वमा कुनै परिवर्तन आएन। अब यही नेतृत्वबाट पार्टी अघि बढ्न सक्दैन भन्ने नेताहरुको भनाइ थियो’, उनले भने, ‘केन्द्रदेखि गाउँसम्म कसरी पार्टीलाई क्रियाशिल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल भए। ठोस रणनीति बनाउन २४ गते बैठक बस्छौं।’

कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्व अलोकतान्त्रिक हुँदै गएको बताए। ‘पार्टी घोर अप्रजातान्त्रिक र निरंकुश हुँदै गयो। जुन दिन विधान पेश गर्ने उहि दिन पास गर्ने, छलफलका लागि समय पनि दिइएन’, उनले भने, ‘विधि, प्रक्रिया, पद्दती सबैलाई पन्छाउने प्रवृत्तिको विरोधमा छौं।’