२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको दसैं दैनिकी



अ+ अ-

काठमाडौं, असोज ३१प्रधानमन्त्री केपी शर्मा ओली दसैंमा पनि निकै ब्यस्त रहनुहुने भएको छ । प्रधानमन्त्रीकाृ सचिवालयले उपलब्ध गराएको सूचीअनुसार बडादसैंमा प्रधानमन्त्री ओली निके ब्यस्थ रहनु हुने भएको हो ।

प्रधानमन्त्री ओली भोलि कात्तिक १ गते विहिवार, महानवमीको दिन बिहान ९ बजे गृहजिल्ला झापा प्रस्थान गर्नुहुनेछ । गृहजिल्ला झापाको बिभिन्न कार्यक्रममा सहभागी भई प्रधानमन्त्री भोलि अपरान्ह काठमाडौं फर्कुनु हुनेछ ।

झापामा रहँदा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्रीओलीकै आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा दसैंको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले हरेक बर्ष बडादसैंको अवसरमा गृहजिल्ला झापामा चियापान गर्दै आउनु भएको छ । यसैगरी कात्तिक २ गते बिजयादसमीको दिन बिहान ९ : ४५ देखि १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गर्नुहुनेछ । विहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले टिका लगाइ दिनुहुनेछ भने दिउँसो १ बजे प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण गर्नुहुनेछ ।

त्यसलगत्तै दिउँसो २ बजेबाट मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई टिका लगाइ दिने कार्यक्रम तय गरिएको छ । यसैगरी अपरान्ह ३ : ३० देखि ५ : ३० सम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टिका लगाउनेसमय तय गरिएको छ । बिजयादसमीकोदिन साँझ ६: ०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टिका ग्रहण गर्नेछन ।

एकादशीको दिन असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ देखि ११ बजेसम्म कार्यकर्ता र शुभचिन्तकहरुले प्रधानमन्त्री ओलीको हातबाट टिका ग्रहण गर्ने समय तालिका तय गरिएको प्रधानमन्त्रीका प्रेससंयोजक चेतन अधिकारीले जनाएका छन ।

यस्तो छ प्रधानमन्त्री ओलीको ब्यस्त दसैं दैनिकी

२०७५ असोज १ गते विहिवार, महानवमी (विहान झापा प्रस्थान र अपरान्ह काठमाण्डौ फिर्ता) :
चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमाजिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम
सम्माननी यप्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
२०७५ असोज २ गते, शुक्रवार, दशमी
विहान ९:४५–१० : सम्माननीय प्रधानमन्त्रीद्वारा पिताजी श्री मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण
विहान १०: ००पछि सम्माननीय प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण
दिउँसो १:०० : सम्माननीय प्रधानमन्त्रीद्वारा सम्माननी यराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टिका ग्रहण
दिउँसो २:०० : माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्तातथा सर्बसाधारणहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
साँझ ६ः०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
एकादशी असोज ३ गतेदेखि चतुर्दशीकार्तिक ६ गतेसम्मविहान ९:०० देखि ११:०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा सम्माननीय प्रधानमन्त्रीको हातबाट टिका ग्रहण समय तालिका तय गरिएको छ ।