४ आश्विन २०८१, शुक्रबार
,
Latest
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजाप्रति युवायुवतीको आकर्षण बढ्दो



अ+ अ-

भक्तपुर, ३१ असोज (रासस) ः जात्रा, पर्व र मेलामा भक्तपुरका नेवार समुदायका युवतीहरुमा बाजा बजाउने आकर्षण बढ्दै गएको छ ।

नेवारी बाजाहरुको मीठो धून बजाउँदै युवतीहरु मेला र जात्रामा सहभागि हुने क्रम बढ्दै गएको छ । दशँैका अवसरमा भक्तपुरमा लाग्ने नवरात्री मेलामा पनि युवतीहरुले बाजा बजाएर बाजाप्रतिको मोह र आकर्षणलाई पुष्टि गरेका छन् । मेलामा आउँदा पुरुष मात्रै नभई युवतीहरु पनि धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै आउने विभिन्न टोलहरुमा देखिएको छ ।

भक्तपुरमा दशैँको घटस्थापनादेखि दशमीको बिहानसम्म यहाँका विभिन्न नौ वटा शक्तिपीठमा लाग्ने मेला भर्न भक्तपुरका टोलटोलबाट बाजागाजासहित आउने परम्परा धान्न युवतीहरु पनि अग्रसर हुने गरेका हुन् ।

केही वर्षअघिसम्म पुरुषले मात्रै बाजाहरु बजाउने गरे पनि पछिल्लो समयमा यसमा युवायुवतीको पनि सहभागिता बढ्दै गएको भक्तपुर तचपालका रबिन श्रेष्ठले बताउनुभयो । जात्रामा एउटै टोलबाट पनि दर्जनौँ बाजागाजासहितको टोली मेला भर्न शक्तिपीठ आउँदा धेरै रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् । भक्तपुरमा घटस्थापनादेखि दशमीको बिहानसम्म रातभरि बाजागाजाका धूनले गुञ्जायमान हुने गरेको छ ।

बाँसुरी बाजा बजाउने रश्मिला छुस्यावागले बाजा बजाउँदा आनन्द आउने मात्र नभई संस्कृति पनि जोगिने भएकाले पनि युवा पुस्ताको आकर्षण बाजामा बढेको बताउनुभयो । उहाँले बाजा बजाउँदै मन्दिर जाँदा धेरै आनन्द आउने बताउनुभयो ।

झ्याली बाजा बजाउँदै मन्दिर जाँदै गरेकी कमला कवांले तालीम लिएर बाजा बजाउन सिकेको बताउँदै अरू दिदीहरुले बाजा बजाएको देखेर रहर लागेपछि तालीम लिएको भन्नुभयो । अहिले युवतीको टोली नै जात्रा पर्वमा बाजा बजाउने गरेको उहाँ बताउनुहुन्छ ।

धिमे बजाउन पोख्त भक्तपुर नासमनाकी सुनिता श्रेष्ठले पनि धिमे र बाँसुरी बजाउँदा आफूलाई निकै आनन्द आउने गरेको बताउनुभयो । उहाँका अनुसार जात्रा, पर्वमा मात्रै नभई अचेल विभिन्न कार्यक्रममा समेत बाजा बजाउन बोलाउने गरेका छन् । आम्दानीको स्रोतका रुपमा समेत लैजान सकिने यी बाजाहरु बजाउँदा युवा पुस्ताको हातबाट संस्कृतिको संरक्षण भइरहेको अनुभूति हुने पनि उहाँको भनाईछ ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिकाले युवा पुस्तालाई लक्षित गरी यस्ता बाजाहरुको तालीम सञ्चालन गर्दै आएको छ भने टोलटोलका गुठी तथा सहकारी र सङ्घसंस्थाले पनि तालीम दिन थालेपछि बाजाप्रति युवायुवतीको आकर्षण बढेको हो ।