२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरण : एसपी विष्ट बर्खास्त



अ+ अ-

काठमाडौँ, ८ कात्तिक (रासस) गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ ।

मन्त्रालयले आज प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ती जारी गरेर गृह मन्त्रालयले सोधेको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएपछि बर्खास्त गरिएको जानकारी दिनुभएको छ ।

द्धय प्रहरी अधिकारीलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को देहाय (क)को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) १ बमोजिम बर्खास्त गरेको जनाइएको छ । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो । सो घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो । सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो ।




भर्खरै