२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बिरामी, छातीमा संक्रमण छैन



अ+ अ-

रूघाखोकीसँगै ज्वरोले बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण भने नदेखिएको चिकित्सकले बताएका छन्।  प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दिलीप शर्माले ज्वरो आएको भए पनि छातीमा संक्रमण नदेखिएको सेतोपाटीलाई बताए।

‘किड्नी फस्ट क्लास छ’, शर्माले भने, ‘हामीले तीन दिन आराम गर्न सुझाव दिएका छौं।’

उनले प्रधानमन्त्रीलाई आइसियूमा राख्न सुझाव नदिइएको समेत स्पष्ट पारे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री आज मन्त्रिपरिषद् बैठकमा सहभागि हुने बताएका छन्। यसअघि शुक्रबार तय भएको बैठक अन्तिम समयमा रोकिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि ओली शनिबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापानमासमेत अनुपस्थित भएका थिए। किड्नी ट्रान्सप्लान्ट गरेको बिरामीलाई इन्फेक्सन हुँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। प्रधानमन्त्री ओलीको एघार वर्षअघि २०७४ को असारमा भारतमा किड्नी ट्रान्सप्लान्ट गरिएको हो। उनी नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने गरेका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ख्याल राख्दै निजी चिकित्सकको समेत व्यवस्था गरिएको छ। डा. दिव्या सिंहले प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच गर्ने गरेकी छिन्। तर उनी हाल विदेशमा रहेका कारण शर्माले ओलीको स्वास्थ्य जाँच गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ‘सबै पाटपुर्जा फेरेको जस्तो’ अनुभव हुने बताउने गरेका छन्।

credit-setopati.com 




भर्खरै