२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाटै प्रधानमन्त्रीको सन्देश : छिट्टै फर्केर समृद्ध नेपाल बनाउने कामको नेतृत्व लिनेछु



अ+ अ-

काठमाडौं, १३ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि सबैमा धन्यवाद दिनुभएको छ ।

शिक्षण अस्पतालमा उपचाररत् प्रधानमन्त्रीले बक्तब्यमार्फत धन्यवाद दिंदै स्वास्थ्यबारेका भ्रामक प्रचारबाट प्रभावित नहुन पनि अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अस्पतालबाटै मंगलबार वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत बताउनुभएको छ । साथै, उहाँले अस्पतालबाट चाडै फर्किने र  समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय रहने पनि बताउनुभएको छ ।

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु’ उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रति आफू संवेदनशील रहेको पनि बताउनुभएको छ । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले यस्तो काम नगर्न र नगराउन आग्रह गर्नुभएको छ ।

‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’ उनले भने ।