काठमाडौं । लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विभिन्न काम, गतिविधि तथा सेवा प्रवाहसँग सम्बन्धित विवरण समेटिएको छ।
संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो।







