१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा



अ+ अ-

महेन्द्रनगर। कञ्चनपुरका सात पालिकामा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्त्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको बताए।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए।

राक्सिराङ र कैलाशमा सार्वजनिक बिदा

चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) का अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

दुवै गाउँपालिकाले यही भदौ २२ र २३ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। राक्सिराङ गाउँपालिकाले सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

कैलाश गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए। चेपाङ समुदायले यही भदौ २२ गते राति वनस्पति र नयाँ खाद्यान्न बाली घरमा राखी पूजा गर्ने, एकपाखे ढ्याङ्ग्रो बजाउने तथा २३ गते बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर आफन्तसँग न्वागी मनाउने परम्परा छ।

नयाँ बाली भित्र्याएपछि पितृलाई चढाएर मात्र आफूले ग्रहण गर्ने चेपाङ समुदायको परम्परा छ। न्वागीमा नयाँ उब्जनी पितृलाई चढाउनाका साथै भूमि तथा प्रकृतिको पूजा गर्ने गरिन्छ।