१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)



अ+ अ-

पोखरा। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका १०२ जनामध्ये हालसम्म १६ जनाको शव सनाखत भएको छ ।

पोखरा लगिएका १०२ शवमध्ये १६ जनाको मात्रै सनाखत भएको हो । पहिचान हुन नसकेका बाँकी शवहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित सिंचाईको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी भइरहेको छ ।

शव व्यवस्थापनका लागि हाल उक्त स्थानमा तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने कार्य भइरहेको छ । भदौ १० गतेको प्राकृतिक विपत्तिमा परी उनीहरूको निधन भएको थियो ।

पहिचान हुन नसकेका मृतकहरूको शव व्यवस्थापनका लागि स्थानीय प्रशासनले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । –न्युज एजेन्सी नेपाल