८ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल



अ+ अ-

काठमाडौँ। नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ ।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पछिल्लो समय घटेका जघन्य र अमानवीय घटनाहरूले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको बताउनुभएको हो । अर्यालले ३ वर्षीया नाबालिकामाथि भएको बलात्कार जस्तो जघन्य अपराध र सिराहा लगायतका जिल्लामा घटेका क्रूर घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

निर्मला पन्त हत्याकाण्डको स्मरण गर्दै उपनेता अर्यालले उक्त घटनामा चरम राजनीतिकरण भएको र प्रमाणहरू नष्ट गरिएका कारण अपराधी अझै कानूनी दायरामा आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार र गृह प्रशासनले विगतमा गरेका प्रतिवद्धताहरू पूरा गर्न नसकेको भन्दै आलोचना समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दिनप्रतिदिन यस्ता संवेदनशील र अमानवीय घटनाहरू बढिरहेका छन् । राज्यले नागरिकलाई सुरक्षाको अनुभूति दिन नसक्दा अपराधीहरूको मनोबल बढेको देखिन्छ । मानवता हराएका यस्ता व्यवहारहरूको गम्भीर अध्ययन र अनुसन्धान हुन जरुरी छ । अपराधीलाई कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना रोक्न प्रचलित कानूनको पुनरावलोकन आवश्यक छ । कानून संशोधन गर्ने वा नयाँ निर्माण गर्ने भन्ने विषयमा व्यापक छलफल र अध्ययन गरी कडा कानूनी मापदण्ड तय गरिनुपर्छ ।’

उहाँले पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन र अपराधीलाई शिघ्र पहिचान गरी कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गर्नुभयो ।

सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखिएको दाबी गर्दै उहाँले गृह प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल