२७ असार २०८३, शनिबार
,
Latest
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ ‘एक चीन नीति’ प्रति सचेत रहन र कुटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह सरकार जनभावना विपरित निरंकुशताको बाटोमा लागेको पूर्वमुख्यमन्त्री जम्मरकट्टेलको आरोप विगतका अध्ययन प्रतिवेदनको आधारमा नयाँ यातायात ऐन बनाउनुपर्छः महासंघ अध्यक्ष सिटौला बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन : प्रहरी सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु



अ+ अ-

हनोई । भियतनामको दक्षिणी फु क्वोक टापुनजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यम ‘भिएनएक्सप्रेस’ले जनाएको छ । डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए ।

दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ ।

घटनापछि स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा