२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी



अ+ अ-

मोरङ। गृहमन्त्री सुधन गुरुङले आज विराटनगरमा नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षणसहित उहाँले सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको हो ।

गृहमन्त्री गुरुङ जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका एवं अवलोकन गर्नुका साथै प्रजिअ युवराज कटेलसँग जिल्लाको समग्र प्रशासनिक अवस्था, सेवा प्रवाह र सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुभयो । उहाँले परिसरबाट एकीकृत सेवा सञ्चालन गर्न सकिने सुझाव दिनुभयो ।

यसैगरी, उहाँले प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँग सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन तथा समसामयिक सुरक्षा अवस्थाका बारेमा जानकारी दिनुभयो ।

गृहमन्त्री गुरुङले विराटनगर रानीस्थित नेपाल–भारत सीमा नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्नुभएको थियो ।

गृहमन्त्री गुरुङ विराटनगर भन्सार कार्यालयअन्तर्गतको एकीकृत जाँच चौकी (आइसिपी)को निरीक्षण गर्नुभयो । उहाँले भन्सार क्षेत्रमा भइरहेको गतिविधि, सुरक्षा व्यवस्थापन तथा राजस्वसँग सम्बन्धित विषयमा जानकारी लिँदै सीमाबाट हुने अवैध कारोबार नियन्त्रणमा प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले प्रहरी हिरासत, प्रहरी बस्ने तथा सुत्ने ब्यारेक र अन्य भौतिक संरचनाको स्थलगत निरीक्षण गर्दै आवश्यक व्यवस्थापनका गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री आज मोरङको निरीक्षणपश्चात् सुनसरी जिल्ला जानुभएको छ ।रासस