१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफल प्रारम्भ भएको छ ।

छलफलमा कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले विनियोजित बजेटले उत्पादन, रोजगार  समृद्धता ल्याउने क्षेत्र कृषि, पर्यटन र ऊर्जामा बजेट कम भएको चर्चा गर्नुभयो ।

उहाँले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य सपना दजीले उद्योग, कृषि र सहकारीका लागि सरकारले गरेको विनियोजनबाट अपेक्षित लाभ लिन नसकिने दाबी गर्नुभयो ।

प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले प्रदेशको ५६ निर्वाचन क्षेत्रलाई ध्यानमा राखेर सरकारले गरेको विनियोजनप्रति खुसी व्यक्त गर्नुभयो ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले विनियोजित बजेटप्रति कोशी प्रदेशसभाका सदस्यहरुले उठाएका जिज्ञासाप्रति सरकार गम्भीर रहेको धारणा राख्दै बजेटलाई सन्तुलन कायम गर्न सरकार सकारात्मक भएको बताउनुभयो । उहाँले बजेटको अङ्कको अनुपातलाई सच्याउने र छुटेका योजनाहरु समावेश गर्न सरकारले स्रोतको सुनिश्चितासँगै रु ८४ करोड बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो ।

कोशी प्रदेशसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो । रासस
–––