२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलत बयान दिएका विरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ। भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतम विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ऋण उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग रु ५० लाख घुस लिएको  अभियोगमा चन्द्रबहादुर अधिकारीको विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ । सोही मुद्दामा साक्षीका रूपमा उपलब्ध गराइएका गौतमले प्रतिकूल बयान दिएको आयोगको दाबी छ ।

आयोगले गलत बयान दिएका गौतम विरुद्ध कसुर बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।  रासस