२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने



अ+ अ-

हनोई। भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ ।

भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरू अघि आममाफीको घोषणा गर्दछ ।

साइगोनको पतनको ५० औँ वर्षगाँठ र स्वतन्त्रताको घोषणाको ८० वर्ष पूरा भएको अवसरमा गत वर्ष २२ हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो ।

भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आममाफीको एक हिस्साका रूपमा जुन महिनाको शुरुमा नौ हजार ९५० जना बन्दीलाई रिहा गरिने उल्लेख छ ।

सार्वजनिक सुरक्षा उपमन्त्री ले भान तुयेनले शनिबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “यो आममाफीले भियतनामको कम्युनिस्ट पार्टीको पाँच बर्षे महाधिवेशन र राष्ट्रिय सभाको चुनावको सफलताको लागि सहज वातावरण निर्माण गर्नेछ।”

भियतनामले मार्चमा राष्ट्रिय सभाको लागि निर्वाचन गरेको थियो यसको शीर्ष विधायिकाले मुख्य रूपमा सत्तारुढ कम्युनिस्ट पार्टीको निर्णयहरू अनुमोदन गर्दछ।

अर्को महिना रिहा हुने बन्दीमा ५६ पुरुष र सात महिला सहित ६३ जना विदेशी नागरिक रहेको तुयेनले बताउनुभयो तर उनीहरू कुन देशका नागरिक हुन् भन्नेबारे उहाँले केही बताउनुभएन ।

भियतनामी कानून अनुसार सरकार अपदस्थ गर्ने प्रयास वा ‘आतङ्कवाद’ को लागि दोषी ठहरिएका कैदीहरू रिहाइका लागि योग्य छैनन्।

भियतनामले रिहाइको मिति तय हुनुअघि नै करिब एक लाख १८ हजार कैँदीलाई रिहा गरेको छ ।

सार्वजनिक सुरक्षा मन्त्रालयले विगतका रिपोर्टहरूमा भनेको थियो, “भियतनाममा एक लाख ९० हजारभन्दा बढी व्यक्तिले कैदीका रूपमा सजाय भोगिरहेका छन् ।”(रासस/एएफपी)