२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा नियमावलीको मस्यौदामा सत्तापक्षले ‘चिटिङ’ गरेको एमालेको आरोपः प्रतिरोध गर्ने चेतावनी



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) ले प्रतिनिधि सभा नियमावलीको प्रश्तावित मस्यौदामा सत्तापक्षले संविधानको भावना विपरितका प्रावधानहरू राखेर जालझेल गरेको आरोप लगाएको छ ।

एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रमुख सचेतक ऐनबहादुर महरले नियमावलीको नियम, १४० मा उल्लेखित संविधान संशोधन सम्बन्धी व्यवस्थामा सत्तापक्षले ‘चिटिङ’ गरेको दाबी गर्नुभयो ।

आईतवार बस्ने प्रतिनिधि सभा बैठकमा नियमावली प्रश्तुत गर्ने कार्यसूची रहेको सन्दर्भमा प्रमुख सचेतक महरले मस्यौदा समितिमा भएको सहमतिलाई सत्तापक्षले उल्ट्याएको बताउनु भयो ।

उहाँकाअनुसार मस्यौदा समितिमा संविधान र मौजुदा नियमावलीकै व्यवस्थालाई मिलाएर लैजाने सहमति भएको थियो । तर सदनमा प्रश्तुत गरिने ड्राफ्टमा भने फरक विषय समेटिएको छ ।

उहाँले भन्नुभयो, ‘भोलि सदनमा प्रतिनिधिसभा नियमावली फाइनल्ली प्रश्तुत गर्ने जुन कार्यसूची रहेको छ, त्यसका बारेमा पनि हामीले केही छलफल गरेका छौँ । त्यसको खासगरी नियम १४० मा जुन संविधान संशोधनको विषय छ त्यो विषयमा केही ट्विस्ट गरेर केही चिटिङ गरेर सत्तापक्षले प्रश्तुत गरेको छ । मस्यौदा समितिमा म आफैँ स्वयं पनि थिएँ । त्यहाँ त्यस विषयमा बहस भएको थिएन । त्यसमा संविधान र मौजुदा नियमावलीमा भएको व्यवस्थालाई नै मिलाएर लैजाने भन्नेकुरा थियो तर पछि त्यो ड्राफ्ट गर्दा र त्यो हाउँसमा प्रश्तुत गर्दा त्यसलाई सच्याउने काम भएछ र अलिकति कन्फ्युजन क्रिएट गर्ने र खासगरी दुई वटा दुई वटा हाउसको संयुक्त सदनको दुई तिहाइ बहुमतले संविधान संशोधन गर्नसक्ने भन्ने त्यो भावको त्यो स्पिरिटको विषयवस्तु राख्न खोजेको जस्तो आभास हुन्छ । त्यो संविधान विरोधी छ । त्यो चिटिङ हो । त्यो सर्वथा बेठिक छ र त्यसको प्रतिरोध गर्ने भन्ने छ । त्यो सँगसँगै अब यो पछिल्लो समय मानवअधिकार आयोगले पनि एउटा रिपोर्ट प्रश्तुत एउटा प्रतिवेदन प्रश्तुत गरेको छ । यसका सन्दर्भमा यसका केही पक्षहरू राम्रा भएपनि समग्रमाका सन्दर्भमा पार्टीले एउटा दृष्टिकोण बनाउँछ । पार्टीको दृष्टिकोण आइसकेपछि त्यसलाई संसदीय दलले पनि पार्टीको दृष्टिकोणलाई बोक्ने भन्ने कुरा छ । यिनै विषयमा हाम्रो छलफल भयो ।’

यसैगरी, बैठकमा राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनका सम्बन्धमा पनि छलफल भएको छ । प्रतिवेदनका केही पक्षहरू सकारात्मक भएपनि समग्र विषयवस्तुमा पार्टीले छुट्टै दृष्टिकोण बनाउने र सोही बमोजिम संसदीय दलले आफ्नो भुमिका तय गर्ने प्रमुख सचेतक महरले जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा सदस्यहरूलाई बोल्नका लागि समय कम भएको भन्ने जिज्ञासामा महरले त्यस्तो समस्या नरहेको स्पष्ट पार्नुभयो । केही सदस्यहरूले व्यक्तिगत रूपमा समय थप गर्नुपर्ने माग राखेको भएपनि समग्रमा राष्ट्रिय सभामा समयको पर्याप्तता रहेको उहाँको भनाइ छ । उहाँले बरु प्रतिनिधि सभामासमयको अभाव महशुस भइरहेको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल