४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँः आर्थिक मामिलामन्त्री कार्की



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यावहारिक बनाइने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका सङ्कल्प र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गर्नुभयो ।

उहाँले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पुँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिनुभयो ।

कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवर्द्धन तथा उत्पादनमा विविधिकरणमार्फत रोजगारी र आयआर्जन सृजना गर्ने नीति सरकारले लिएको उहाँको भनाइ थियो ।

मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य बैजनाथ कलवार, दिलकुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मीना बुढामगर, शान्ति लोध, मीनाकुमारी श्रेष्ठ, मधुसुदनशरण चौधरी÷कुर्मी, सुरुल पुन तथा वसन्ती न्यौपानेले विभिन्न विषयमा धारणा राख्नुभएको थियो ।

छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफल समाप्त भएको घोषणा गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ । रासस