२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशको शैक्षिक र खेलकुद पूर्वाधार विकासमा सरकारले पहल गर्नेः शिक्षामन्त्री



अ+ अ-

काठमाडौँ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शैक्षिक सुधार र खेलकुद पूर्वाधार विकासका लागि सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने प्रयोजनका लागि गठित कार्यदलको प्रतिवेदन बुझ्न जनकपुर आइपुग्नुभएका मन्त्री पोखरेलले यहाँका विभिन्न क्षेत्रको स्थलगत अवलोकनका क्रममा उक्त धारणा राख्नुभएको हो ।

कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै मन्त्री पोखरेलले उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रदेश शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

भ्रमणका क्रममा मन्त्री पोखरेलले स्थानीय विश्वविद्यालय र निर्माणाधीन क्रिकेट मैदानको समेत निरीक्षण गर्नुभएको थियो। विश्वविद्यालयको आफ्नै स्वामित्वमा जग्गा भएपनि भौतिक संरचनाको अभावमा भाडाको भवनमा सञ्चालन भइरहेको अवस्थाप्रति उहाँले चासो व्यक्त गर्नुभयो ।

विश्वविद्यालयलाई आफ्नै जग्गामा स्थानान्तरण गरी व्यवस्थित बनाउन काठमाडौँ फर्किएलगत्तै आवश्यक प्रक्रिया र पहल शुरु गर्ने उहाँले बताउनु भयो ।

त्यसैगरी, जनकपुरस्थित क्रिकेट मैदानको अवलोकन गर्दै मन्त्री पोखरेलले यस क्षेत्रमा खेलकुदको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।

मैदानमा युवाहरूको उत्साहजनक सहभागिता देखिए पनि राज्यको पर्याप्त ध्यान र लगानी पुग्न नसकेको उहाँको ठम्याइ थियो ।

क्रिकेट मैदानका लागि प्रस्तावित विभिन्न अनुदानहरू प्राविधिक कारणले रोकिएको पाइएकाले, ती अनुदानलाई प्रक्रियागत रूपमा अगाडि बढाई मैदानको स्तरोन्नति गरिने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री पोखरेलले मधेश प्रदेशका यी दुई महत्वपूर्ण आयोजनाको कामलाई गति दिन केन्द्र सरकारबाट आवश्यक समन्वय र पहलकदमी लिने विश्वास दिलाउनुभएको छ ।–न्युज एजेन्सी नेपाल