२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्पोर्ट्स क्लब फाइनलामा



अ+ अ-

काठमाडौँ। तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोटर््स क्लव शीर्ष दुई स्थानमा पक्का गर्दै प्रधानमन्त्री कप एनभिए भलिबल लिगको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरमा बिहीवार भएको पुरुषततर्फ खेलमा हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

कुल आठ टोली सहभागी पुरुषततर्फ लिगमा हेल्प नेपालले छैटौं खेलसम्म अपराजित यात्रा कायमै राख्यो । यससँगै लिगको अंकतालिकाको शीर्ष दुई स्थानमा रहँदै हेल्प नेपालले एक खेलअगावै फाइनलमा स्थान बनायो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा पुलिसको भने छैटौं खेलमा अपराजित यात्रा रोकिन पुग्यो । यो हारसँगै एक खेलअगावै फाइनलमा पुग्ने पुलिसको लक्ष्य पूरा हुन सकेन । कुल ६ खेल खेलेको हेल्प नेपालले सतप्रतिशत जितसँगै १८ अंक बटुल्यो ।

समान खेलबाट पुलिस र रुकुम पश्चिम भलिबल केन्द्रको भने समान १५ अंक छ । दुवै टोलीले समान एक हार सामना गरेका छन्, जुन हेल्प नेपालसँगै नै हो । पुरुषमा पुलिस र रुकुम पश्चिममध्ये एक टोलीको मात्र फाइनलमा पुग्ने सम्भावना छ । लिगको अन्तिम खेल जितले हेल्प नेपालको उपाधि भिडन्त हुने टोलीको टुङ्गो लाग्नेछ ।

अब पुलिस र रुकुम पश्चिम नै लिगको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन् । त्यसैले पनि एक खेलअगावै हेल्प नेपाल फाइनलमा पुग्न अंक पर्याप्त भएको हो । पहिलो सेटमा हेल्प नेपालले २५–२२ ले आफ्नो पक्षमा राख्यो ।

दोस्रो सेट पनि २५–१९ ले आफ्नो पक्षमा राख्दै हेल्प नेपाल सहज जितततर्फ अग्रसर भयो । तर, तेस्रो सेट पुलिसले २५–२३ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत ग¥यो ।

चौथो सेटमा भने पुलिसले आशातीत प्रदर्शन गर्न सकेन । यो सेटमा २३–१७ ले आफ्नो बनाउँदै हेल्प नेपालले अपराजित यात्रा कायमै राख्यो । पुरुषतर्फ फाइनल समीकरणबाट बाहिरिसकेका दुई टोलीः कोशी प्रदेश भलिबल क्लब र खिल्जी युवा क्लबले पहिलो जित हासिल गरेका छन् । पहिलो खेलमा कोशीले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । बुढानिलकण्ठ २०–२५, २५–१५, २५–१७ र २६–२४ ले पराजित भयो ।

बुढानिलकण्ठको यो छैटौं हार हो । यो सँगै बुढानिलकण्ठ प्रतियोगिताको एकमात्र जितविहीन टोली बनेको छ । दोस्रो खेलमा खिल्जीले पनि एपिएफमाथि ३–१ को पुनरागमन जित हासिल गर्यो । खिल्जीले पहिलो सेट २१–२५ ले गुमाएको थियो । पछि २५–२२, २५–२३ र २५–२१ ले खेल आफ्नो पक्षमा पार्यो ।

एपिएफको यो पाँचौं हार हो । त्रिभुवन आर्मी क्लबले रुकुम भलिबल क्लबसँग खेल्नेछ । हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिसलाई हराए हेल्प नेपाल फाइनलमा पुग्नेछ ।–न्युज एजेन्सी नेपाल




भर्खरै