१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिङ, ब्याटिङ चम्केपछि चेन्नाई सुपर किङ्सको फराकिलो जित



अ+ अ-

वानखेडे: इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किङ्सले मुम्बई इन्डियन्स बिरुद्ध शानदार जित निकालेको छ ।

मुम्बईको वान्खेडे रंगशालामा भएको यस खेलमा चेन्नाईले मुम्बईलाई १०३ रनको विशाल अन्तरले पराजित गरेको थियो । चेन्नाईले यस खेलमा ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । चेन्नाईका लागि कप्तान सन्जु सामसनले अविजित १०१ रन बनाए । शतकीय पारि खेल्ने क्रममा ५४ बलको सामना गरेका सामसनले ६ छक्का र १० चौका प्रहार गरेका थिए ।

२०८ रनको विजयी लक्ष पछ्याउन मैदानमा उत्रेको मुम्बईको विकेट एकपछि अर्को पतन भएर १९ ओभरमा १०४ रनमै पूरै टिम समेटियो । मुम्बईका लागि तिलक बर्माले ३७ र सूर्यकुमार यादवले ३५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुम्बईलाई धराशायी बनाउने क्रममा वेस्ट इन्डिजका स्पिनर बलर अकिल होसेनले एक्लै ४ विकेट लिए । यस्तै नूर अहमदले २ तथा मुकेश चौधरी, अनशुल कोम्बोज, जेमी ओभरटन र गुरजापनीतले समान एक एक विकेट लिए ।

यो जितसँगै चेन्नाई सात खेलबाट छ अंक जोड्दै पाँचौं स्थानमा उक्लेको छ । मुम्बई भने सात खेलबाट ४ अंक सहित आठौं स्थानमा छ ।

पहिलो स्थानमा भने ११ अंक पंजाब किंग्स रहेको छ भने दोस्रोमा राजस्थान रोयल्स छ र उसको १० अंक छ । Agency