५ असार २०८३, शुक्रबार
,
Latest
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ५६ उम्मेदवार विजयी



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५६ क्षेत्रमा विजयी भएकोे छ ।

आज साँझ ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म ७१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले नौ क्षेत्रमा जित हासिल गरेको छ भने नौ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले तीन स्थानमा विजयी हुँदा नौ स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म एक उम्मेदवार विजयी हुनुभएको छ भने छ स्थानमा अग्रता लिएका छन् ।

यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ । रासस