२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग-२ को तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण घोषणा



अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका लागि बन्द प्रशिक्षणमा रहने २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ।

टोलीको उप-कप्तानमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् । घोषित टोलीमा स्टार स्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी रहेका छन्। ब्याटिङतर्फ कुशल भुर्तेल, आसिफ शेख र भीम सार्कीले आफ्नो स्थान सुरक्षित गरेका छन् भने विकेटकिपर ब्याटरका रूपमा अर्जुन साउद टोलीमा छन् ।

यस पटकको बन्द प्रशिक्षणमा हेमन्त धामी, आकाश चन्द, रिजन ढकाल र नन्दन यादव जस्ता युवा बलरहरूलाई पनि समावेश गरिएको छ । उनीहरूले प्रशिक्षणको प्रदर्शनका आधारमा अन्तिम टोलीमा स्थान बनाउने मौका पाउनेछन् ।

भारत र श्रीलंकामा जारी टी-२० विश्वकप खेलेर फर्किएको नेपाली टोलीका सदस्य लोकेश बम र सन्दीप जोरा भने प्रारम्भिक टोलीमा परेका छैनन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा प्रतियोगिता हुन लागेको हो। नेपाल, ओमन र यूएई सम्मिलित हुने प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म नेपालमा हुनेछ।