२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा आचारसंहिता उल्लङ्घनका छ उजुरी



अ+ अ-

दार्चुला। निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् ।

हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत विनोद दाहालले जानकारी दिनुभयो ।

दाहालकाअनुसार यसअघि नै आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २५ जनामाथि मौखिक स्पष्टीकरण सोधि सकिएको छ ।

निर्वाचनको समयमा मतसर्वेक्षण गरेको, जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्रचार गरेको जस्ता घटनामा मौखिक स्पष्टीकरण सोधिएको हो । त्यसैगरी ठूलो आवाजमा गीत बजाएको, अनावश्यक ब्यानर लगाएको विषयमा स्पष्टीकरण सोधिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा मौखिक रूपमा स्पष्टीकरण सोधेकामा अब प्राप्त उजुरीमा भने आयोगले लिखितरूपमै स्पष्टीकरण सोध्ने बताउनुभयो । रासस