१४ असार २०८३, आईतवार
,
Latest
ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋण मुक्त



अ+ अ-

म्याग्दी। जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् ।

निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।

पूर्व शिक्षक, ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा बाँसखर्कका पूर्व प्रधानपञ्च लालबहादुर पुनका नातिनीहरुले सहकारीको ऋण तिरेर विद्याललाई ऋण मुक्त बनाएका हुन् ।

पुन परिवारले सहकारीमा रहेको रु. नौ लाख २९ हजार ऋण तिरेर धितो राखेको जग्गाधनी प्रमाणपत्र फिर्ता गराएको प्रअ खत्रीले जानकारी दिनुभयो ।

लालबहादुरका नातिनी जुवाई कमलबहादुर पुर्जा, नातिनीहरु पार्वति, राधा, सिता, शान्ति र पनती पवनको तर्फबाट विद्यालयलाई सहयोग प्राप्त भएको हो । सहयोगदाताहरुलाई सोमबार बाँसखर्कमा विद्यालयले कार्यक्रम सहित सम्मान गरेको थियो ।

विद्यालयले धितो रहेको प्रअ खत्रीको जग्गाधनी प्रमाणपत्र फिर्ता गरेको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ९४ जना विद्यार्थीहरु रहेका छन् । रासस